२०८३ जेष्ठ ३१ गते आइतवार

भोली लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा


दाङ, ३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भोलि (सोमबार) लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यका अनुसार असार १ गते (सोमबार) भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

भूम्या पूजाका अवसरमा विशेषगरी चार जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको बताइएको छ । भूम्या पर्व मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस