२०८३ जेष्ठ ३१ गते आइतवार

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम


दाङ, ३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा तुलसीपुर नगर जेसीजले रक्तदान कार्यक्रम गरेको छ । तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन आज राप्ती प्रादेशिक अस्पतालस्थित रक्तदान केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । त्यस अवसरमा बोल्दै तुलसीपुर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले समाज सेवामूलक तथा मानवीय कार्यमा तुलसीपुर नगर जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिए वडा कार्यालयले जेसीजसँग सहकार्य गर्दै समाज रूपान्तरणका अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तुलसीपुर नगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी कमल प्रकाश शर्माको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यता एवं राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर पोख्रेलको विशिष्ट कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष जेसी मेघराज घिमिरे, डाक्टर शिशिर पोख्रेल तथा प्रमुख अतिथि वीरेन्द्रकुमार शाहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रम संयोजक जेसी शिव न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमबारे मूल संयोजक जेसी सागर न्यौपानेले जानकारी गराउनु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस