२०८३ असार १० गते बुधवार

तुलसीपुर–१३ मा भएका खरका छाना हटाइने


दाङ, ८ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १३ ले वडा भित्र रहेका खरका छाना हटाउने भएको छ । वडाले आर्थिक वर्ष २०८३/०८४ मा वडाका ४० ओटा घरमा भएको खरका छाना हटाउने वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी तथा अन्य प्राकृतिक जोखिम न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले खरका छाना हटाइने बताउनुभयो । वडाले बजेटको व्यवस्थापन गरी काम थाल्ने उहाँको भनाइ छ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सहजता थपिने बताउनुभयो ।

वडा कार्यालयका अनुसार खरका छाना विस्थापन भएपछि सुरक्षित आवास निर्माणसँगै स्थानीयवासीको जीवनस्तर सुधारमा समेत सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस