२०८३ भाद्र २८ गते आइतवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरू खेतमै गएर मनाए धान दिवस


दाङ। हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरुले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले तुलसीपुर–१८ बिजौरीमा गएर धान रोपेरका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ का जग्गाधनी जीवन चौधरीको खेतमा गएर विद्यार्थीहरुले धान रापेका हुन् । जग्गा धनी चौधरीले खुशी व्यक्त गर्दै बालबालिकालाई खेतमै लगेर धान रोप्ने अभ्यास गराउनु राम्रो प्रयास भएको बताउनुभयो ।

उहाँले पछिल्लो पुस्तामा कृषि ज्ञान क्रमशः हराउँदै गएको अवस्थामा विद्यालयले विद्यार्थीहरूलाई फिल्डमै लगेर प्रयोगात्मक रूपमा धान रोप्न लगाउनु व्यावहारीक कदम भएको भन्दै प्रशसा गर्नुभयो । विद्यालयले कृषिप्रतिको लगाव बढाउन गरेको यो अभ्यास उदाहरणीय रहेको उहाँको भनाइ छ ।

विद्यार्थीहरूले हिलोमा खेल्दै रमाउँदै धान राप्न पाउदा खुसी व्यक्त गरेका छन् । कक्षा १० का सदिक्षा शर्मा र आयुस खनालले विद्यालयले कृषि प्रतिको माया, माटोबाट नै मानिसको जीवनको सुरु हुने भएकाले यस्ता काम सबैले सिक्नुपर्ने बताएका छन् ।

विद्यालयले प्रत्येक वर्ष परियोजना कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई फिल्डमै लगेर व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई सानै उमेरदेखि व्यवहारिक शिक्षा दिने उद्देश्यले विद्यालयले दक्ष जनशक्ति उत्पादनसँगै कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै विद्यार्थीलाई खेतमा लगेर व्यावहारिक अभ्यास गराएको जनाएको छ ।

हाम्रो पहुँच सेकेन्डरी स्कुलका शिक्षक नवराज शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी घिमिरेले गर्नुभएको हो । धान रोपाई कार्यक्रममा शिक्षक जमुना घिमिरे, शेर बहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो । धान रोपाइमा ८० जना विद्यार्थीहरू सहभागि भएका हुन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस