२०८३ साउन २४ गते आइतवार

तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु


दाङ । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटना हुँदा तुलसीपुर– ९ का अनिल पुनका डेढ महिनाकी छोरी आमाको हातबाट झरेर सिटको मुनी पुगे पछि उनलाई निकालिएको परिवारले बताएको छ ।

शनिबार साँझ ९ बजेतिर विरामी परेका शिशुको उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा तुलसीपुर ११ उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको हो । सोही एम्बुलेन्स पल्टिदा आफ्नो छोरीको मृत्यु भएको परिवारको दावी छ । तर प्रहरीले भने विरामी भएकाले मृत्यु भएको हो, वा दुर्घटनामा परेर मृत्यु भएको हो, भन्ने कुरा डाक्टरले पुष्टि गर्ने बताएको छ ।

हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्समा उपचारकालागि जाँदै गर्दा दुर्घटनामा परेको हो । सोही दुर्घटना परी अन्य तीन जना सामान्य घाइते भएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस