२०८३ साउन २७ गते बुधवार

श्रम संस्कृति पार्टीको सक्रियतामा फलफुलका विरुवा रोपियो

दाङ । तुलसीपुरमा श्रम संस्कृति पार्टीको सक्रियतामा फलफुलका विरुवा रोपिएको छ । पार्टीका लुम्बिनी प्रदेश सहसचिव टोपबहादुर महतराका अनुसार रानी जरुवादेखि माथिल्लो भाग राप्ती प्रादेशिक अस्पताल परिसरमा एभोकाडो प्रजातीका फलका विरुवाहरु रोपिएको हो ।

वातावरण संरक्षणसँगै फलफूल उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिरुवा रोपिएको पार्टीले जनाएको छ । एभोकाडो पौष्टिक फलका रूपमा परिचित छ । यसमा शरीरका लागि आवश्यक स्वस्थ बोसो, फाइबर, भिटामिन र विभिन्न खनिज पदार्थ पाइन्छन् ।

नियमित र सन्तुलित आहारको हिस्साका रूपमा एभोकाडोले मुटुको स्वास्थ्य र पाचन प्रणालीलाई सहयोग पुर्‍याउछ । बिरुवा रोप्ने अभियानले अस्पताल परिसरलाई हरियाली बनाउनका साथै भविष्यमा फलफूल उत्पादनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस