२०८३ साउन २९ गते शुक्रवार

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु


दाङ । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति करिब साढे ८ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा खत्रीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका खत्रीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पाङमा लगिएको थियो । तर स्वास्थ्यकर्मीले उनलाई राति करिब ९ बजे मृत घोषणा गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस