२०८३ साउन २९ गते शुक्रवार

टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा नविकरण गरेको छ । वडाध्यक्ष मोहन पौडेलले बिहिबार आफ्नै वडाका ९३ वर्षीय ज्येष्ठ नागरिक हर्कबहादुर बस्नेतको घरमै पुगेर वृद्धभत्ता उपलब्ध गराउनु भएको हो ।

ज्येष्ठ नागरिकलाई बजार पुगेर बैंकमा लामो समय लाइन बस्नुपर्ने समस्या हटाउन घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । यसबाट ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सहजता भएको छ ।

वडाका २६ वटा टोलमा रहेका ६ सय १६ जना जेष्ट नागरिक मध्य ४ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरणसंगै नविकरण गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस