दाङ। दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सेवाग्राहीको चाप घट्दै गएपछि आइतबारदेखि शुक्रबारसम्म मात्रै सेवा सञ्चालन गर्ने जनाएको हो ।
कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत सेवा दिइँदै आएको थियो ।
तर, पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले २०८३ भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्म आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सबै सेवाग्राहीलाई सोहीअनुसार कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।






















