दाङ । हाम्रो पहुँच सेकेन्डरी स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुमा पढाइसंगै सेवाभाव जागृत गर्ने उदेश्यका साथ मुल समिति गठन गरिएको हो ।
कार्यक्रमा शिक्षक लक्ष्मी घिमिरे र अर्जुन बस्नेतले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने, किताबी ज्ञान मात्र नभएर बाहिरी ज्ञानमा जानकारी गराउने उदेश्यले विद्यार्थीलाई हरेक क्रियाकलापमा सहभागि गराउने गरेको बताउनुभयो ।
जुनियर रेडक्रस सर्कल मुल समितिको अध्यक्ष उमंग भुषाल, उपाध्यक्षमा निस्मा चौधरी, सचिवमा रोजित न्यौपाने, सहसचिवमा लक्ष्मी खड्का, कोषाध्यक्षमा उषा ओली रहनु भएको छ । यस्तै सदस्यहरुमा एलिसा खड्का, खुशी विक, बिपुल पौडेल, जेनिसा भण्डारी, सोनिया एमसी र देविका खनाल रहनु भएको छ ।
जुनियर रेडक्रस सर्कल मुल समिति गठनसंगै खेलकुद उपसमिति पनि गठन गरिएको छ । जसको अध्यक्षमा सज्जन ओली, सदस्यहरुमा सर्जिना पुन, डेभिड रावल, रिदम पाण्डे, सक्षम बस्नेत, अनुप पुन र प्रजिता पोख्रेल रहनु भएको छ ।






















