२०८३ भाद्र ८ गते सोमवार

तुलसीपुर–१३ का २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया


दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शुक्रबार जनकल्याण सामुदायिक वनको भवनमा गरिएको आँखा जाँच शिविरमा २८१ जनाले आँखा जाँच गराएका थिए । त्यसमध्य ४९ जनामा मोतियाबिन्दु देखिएको थियो ।

मोतियाबिन्दु देखिएका २६ जनाको आइतबार राप्ती आँखा अस्पताल तुलसीपुर –४ रक्षाचौमा शल्यक्रिया गरिएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । अब बाँकी २३ जनाको आउँदो शुक्रबार शल्यक्रिया गरिने उहाँको भनाइ छ ।

बिरामीहरुलाई राप्ती आँखा अस्पतालको गाडीले निशुल्क रुपमा घरबाट अस्पताल र शल्यक्रियापछि घरसम्म पुर्‍याउने छ । यसैबिच वडा अध्यक्ष पौडेलले शल्यक्रिया गरेका २६ जना र उनिहरुको हेरचाहमा खटिएका थप २६ गरी ५२ जनालाई आफ्नो पारीश्रमिकबाट खर्च गरी एक छाक खानाको व्यबस्था गरिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस