२०८३ भाद्र २७ गते शनिवार

जिल्ला सहकारी संघ दाङले बाढी पीडितलाई सहयोग गर्ने


दाङ । जिल्ला सहकारी संघ दाङले बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । साथै संघले विभिन्न जिल्लामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा तीव्रता दिन आग्रह गरेको छ ।

संघले आफ्नो सामुदायिक विकास कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको महासचिव शुक्रराज भण्डारीले बताउनुभयो । संघको ३६औँ बैठकले रसुवा, नुवाकोट, धादिङ, तनहुँ र चितवन जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

बैठकले अझै पनि धेरै नागरिक बेपत्ता रहेको भन्दै उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । संघले दाङमा रहेका सहकारी संघ–संस्थाहरूलाई समेत विपद्को अवस्थामा सहयोगमा जुट्न आग्रह गरेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस