२०८३ भाद्र २० गते शनिवार

रसुवा बाढीपीडितका लागि पशुपति टोल विकास संस्थाको आर्थिक सहयोग


दाङ। रसुवा बाढी प्रभावितका लागि तुलसीपुर उपमहानगरपालिका–४ बनहरीस्थित पशुपति टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ ।

बाढीबाट रसुवा तथा आसपासका विभिन्न क्षेत्रमा प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक परेको भन्दै संस्थाको कोषबाट ५ हजार १ सय ५५ रुपैयाँ सहयोग गरिएको अध्यक्ष भुवनसिङ चौधरीले जानकारी दिनुभयो ।

संस्थाले बाढीबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै, राहतका लागि सहयोगको हात अगाडि बढाउने सम्पूर्ण टोलवासी तथा सदस्यहरूप्रति संस्थाले धन्यवाद व्यक्त गरेको सचिव सन्दीप चौधरीले बताउनुभयो । आगामी दिनमा पनि विपद्का बेला यस्तै सहयोग र सहकार्यलाई निरन्तरता दिने संस्थाले अपेक्षा गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस