दाङ। दाङमा साढे सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि २०८३/०८४ मा विद्यालयमा अध्ययनरत सात हजार सात सय ५३ जना र विद्यालय बाहिर रहेका दुई सय ५० जना किशोरी गरेर सात हजार आठ सय ७२ जना किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दश स्थानीय तहमध्ये खोप लगाउनेमा घोराही उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार पाँच सय ८३ जना र विद्यालय बाहिर रहेका १०७ जना गरी दुई हजार ६ सय ९० जना किशोरीलाई खोप लगाउन थालिएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार एक सय ६९ जना र विद्यालय बाहिर रहेका ६५ जना गरेर दुई हजार दुई सय ३४ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत छ सय १९ जना र विद्यालय बाहिर रहेका २६ जना गरेर छ सय ४५ जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले जानकारी दिनुभएको छ ।
खोप फोकल पर्सन वलीका अनुसार राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत पाँच सय ३५ जना र विद्यालय बाहिर रहेका दुई जना गरि पाँच सय ३७ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरछत पाँच सय १८ जना, राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ९२ जना र विद्यालय बाहिर रहेका सात जना गरेर दुई सय ९९ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक सय ८६ जना र विद्यालय बाहिर रहेका सात जना गरेर एक सय एक सय ९४ जना रहेका छन् ।
त्यसैगरी शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ८९ जना र विद्यालय बाहिर रहेका १६ जना गरि तीन सय पाँच जना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत तीन सय २२ जना र विद्यालय बाहिर रहेका चार जना गरेर तीन सय २६ जना र बंगलाचुली गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई सय ४० जना र विद्यालय बाहिर रहेका १६ जना गरेर दुई सय ५६ जना किशोरीलाई खोप लगाउन थालिएको छ । खोप फोकल पर्सन वलीका अनुसार खोपका लागि जिल्लाका दश स्थानीय तहमा तीन सय ६७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
जसअनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा एक सय पाँच वटा, तुलसीपुर उपमहानगरपालिकामा एक सय वटा, शान्तिनगर गाउँपालिकामा ३१ वटा, लमही नगरपालिका र गढवा गाउँपालिकामा २५/२५ वटा, बबई गाउँपालिकामा २० वटा, राप्ती र बंगलाचुली गाउँपालिकामा १७/१७ वटा, दंगीशरण गाउँपालिकामा १६ वटा र राजपुर गाउँपालिकामा ११ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
अभियानका क्रममा विद्यालयमा कक्षा ६ मा अध्ययनरत ७ हजार ७ सय ५३ जना छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका दुई सय ५० जना किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिने फोकल पर्सन वलीले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसारले अभियानका लागि आवश्यक खोपको व्यवस्थापन तथा स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो चरणमा घोराही, बंगलाचुली, लमही, गढवा र राजपुरमा भदौको २२, २३ र २४ गते, दोश्रो चरणमा तुलसीपुर, दंगीशरण, बबई र राप्तीमा भदौको २४, २५ र २६ गते र शान्तिनगर गाउँपालिकामा असोजको १, २ र ५ गते खोप कार्यक्रम सञ्चालन गरिने छ ।






















