दाङ । दाङबाट रसुवा कामका लागि गएका थप एक जना सम्पर्कविहीन भएका छन् । दाङको राजपुर गाउँपालिका–७ सिक्टाकी २९ वर्षीया लक्ष्मी बुढाथोकी कुमाल सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
उहाँका श्रीमान् अनिल कुमालका अनुसार लक्ष्मीको खोजी भइरहेको छ । योसँगै रसुवामा आएको बाढीपछि दाङका सम्पर्कविहीन हुनेको संख्या ५४ जना पुगेको छ । हालसम्म ६ जना पुरुष सम्पर्कमा आएका छन् । खोजी हुन बाँकी रहेकोमा ४४ जना पुरुष र १० जना महिला रहेका छन् ।






















