२०८३ भाद्र २७ गते शनिवार

टरिगाउँ विमानस्थलमा अब हप्तामा चार दिन नियमित उडान हुने

दाङ ।
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा महिनौँपछि पुनः हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको जहाज बिहीबार टरिगाउँ विमानस्थलमा अवतरण गरेको हो ।

उडान सेवा नियमित बनाउँदै अब हप्तामा चार दिन जहाज सञ्चालन हुने भएको छ । नेपाल वायुसेवा निगमका तुलसीपुर प्रमुख बलबहादुर सुनारले आइतबार, मंगलबार, बिहीबार र शुक्रबार नियमित उडान हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङबाट काठ्माडौँ जाने बेलामा भाडा १२ हजार ४ सय र काठमाडौँबाट दाङ आउँदा भाडा १२ हजार ६ सय निर्धारण गरिएको छ । जेष्ठ नागरिक र बालबालिकालाई विषेश छुट रहेको उहाँले बताउनुभयो ।

लामो समयदेखि नियमित उडान हुन नसक्दा यात्रुले सास्ती खेप्दै आएका थिए । हप्तामा चार दिन उडान हुने भएपछि दाङसहित आसपासका जिल्लाका नागरिकलाई हवाई यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस