रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा चट्याङ लागेर चारवटा भैँसी मरेका छन्।
शनिबार साँझ परेको चट्याङका कारण स्थानीय किसानको गोठमा बाँधिएका भैँसी मरेको रोल्पा प्रहरीले जनाएको छ ।
लुङ्ग्री गाउँपालिका वडा नं. ४ सालडाँडास्थित ४५ वर्षीय गजिम गिरीको गोठमा शनिबार बेलुका करिब ६ बजेको समयमा चट्याङ परेको थियो।
गोठभित्रै बाँधिराखिएको अवस्थामा चट्याङ लाग्दा एउटा दुहुनो भैँसी, एउटा ब्याउने भैँसी र दुईवटा पाडी मृत फेला परेका छन्।
चट्याङबाट गोठ र पशुपक्षीमा क्षति पुगे पनि अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
एक्कासि परेको चट्याङले ठुलो संख्यामा पशुचौपाया सखाप भएपछि पीडित किसानलाई आर्थिक क्षति पुगेको छ ।














