२०८३ बैशाख १८ गते शुक्रवार

राप्ती सेवा समाज न्यूयोर्कको साधारण सभा अगस्टमा हुने


दाङ । न्यूयोर्क राप्ती सेवा समाज, न्यूयोर्कले अगस्टमा साधारण सभा गर्ने भएकोे छ । समाजका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा बसेको बैठकले अगस्ट १३ मा दोस्रो साधारण सभा गर्ने, सदस्यता विस्तार गर्ने र “नेपाल डे परेड २०२६”मा सक्रिय सहभागिता जनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

बैठकले समाज सुदृढीकरणलाई जोड दिँदै जुलाई महिनाभरि नयाँ सदस्यता वितरण तथा पुराना सदस्यहरूको नवीकरण गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसबाट संस्थामा सदस्यहरूको सहभागिता वृद्धि हुने अपेक्षा गरिएको महासचिव बसन्त अधिकारीले बताउनु भएको छ ।

त्यसैगरी न्यूयोर्कमा आयोजना हुने “नेपाल डे परेड २०२६” लाई सफल बनाउन समाजले सक्रिय भूमिका निर्वाह गर्ने भएको छ । कार्यक्रममा राप्ती क्षेत्रको पहिचान झल्कने सांस्कृतिक कला, भेषभूषा तथा प्रस्तुति प्रस्तुत गर्ने गरी समाज लाग्ने बताईएको छ ।

बैठकले गरेका सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको अधिकारीले जानकारी दिनुभयो । आगामी दिनमा समुदायसँगको सहकार्य अझ मजबुत बनाउँदै संस्थाका गतिविधिहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस