२०८३ जेष्ठ ३१ गते आइतवार

सहकारीको विकासबाट समाजवादसम्म पुग्न सकिन्छ : भण्डारी


दाङ, ३१ जेठ । जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारीले सहकारीको विकासबाट समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ । उत्तरबाहिनी कृषि सहकारी संस्था तुलसीपुर–१५, कोठरीमा प्रशिक्षण दिदै सहकारीको मुख्य उद्देश्य गरिबी निवारण र शोषणको अन्त्य रहेको बताउनुभयो ।

उहाँले सहकारीमार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै सदस्यहरूलाई सहकारीको महत्व र यसले गरिबी निवारणमा खेल्ने भूमिकाबारे अभिमुखीकरण गर्नुभएको हो ।

उत्तरबाहिनी कृषि सहकारी संस्थाका अध्यक्ष चेतनाथ धितालको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य मंगलसेन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रीधर धितालले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस