२०८३ असार ३ गते बुधवार

तुलसीपुर–१८ द्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोषाक वितरण


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ ले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोषाक वितरण गरेको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गरी वडाले जनता संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई ट्र्याकसुट र ज्याकेटसहितको पोषाक वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष माधव ओलीको प्रमुख आतिथ्यता एवम् वडा सदस्य शीतलप्रसाद बुढा मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई पोषाक वितरण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओलीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा सहयोग पुग्ने उद्देश्यले पोषाक वितरण गरिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास र विपन्न समुदायका विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि वडाले निरन्तरता दिने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पदम रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बालकृष्ण शर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस