दाङ। रोल्पाको सुनछहरी गाउँपालिका २ मा गएराति परेको अविरल वर्षाका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ः३० बजे फलवाङमा स्थानीय ७७ वर्षीय विरु घर्ती मगर, उहाँकी ६८ वर्षीया श्रीमती सनी घर्ती मगर र छिमेकी ७० वर्षीया लली घर्ती मगर मृत अवस्थामा फेला परेका हुन् ।
खोजतलास गर्ने क्रममा दिउँसो करिब २ः३० बजे सोही क्षेत्रकी ६४ वर्षीया लामी घर्तीको शव पनि घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ । हाल कोही पनि बेपत्ता नरहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






















