२०८३ भाद्र ८ गते सोमवार

राष्ट्रिय परिचयपत्र सेवा अब आइतबारदेखि शुक्रबारसम्म मात्रै


दाङ।
दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सेवाग्राहीको चाप घट्दै गएपछि आइतबारदेखि शुक्रबारसम्म मात्रै सेवा सञ्चालन गर्ने जनाएको हो ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत सेवा दिइँदै आएको थियो ।

तर, पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले २०८३ भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्म आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सबै सेवाग्राहीलाई सोहीअनुसार कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस