दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा भएको निशुल्क आँखा शिविरमा झण्डै ३ सय जनाले लिए सेवा लिएका छन् । वडा अध्यक्ष मोहन पौडेलका अनुसार शुक्रबार जनकल्याण सामुदायिक वनको भवनमा भएको शिविरमा १ सय ९१ महिला र ९० जना पुरुष गरी २८१ जनाले सेवा लिएका हुन् ।

आँखा जाँच गराएका मध्य ४९ जनामा मोतियाबिन्दु देखिएको छ । जसमा २६ जना महिला र २३ जना पुरुष रहेका छन् । शिविरमा ७३ जनाले निशुल्क चश्मा प्राप्त गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरको आयोजना तथा तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को सहकार्यमा निशुल्क आँखा शिविर कार्यक्रम भएको हो ।






















