दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको माध्यमिक विद्यालय प्रतापकोटका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । जय जीवका द्रष्टा एवं सामाजिक अभियान्ता उपेन्द्र पौडेलको समन्वयमा विद्यालयका १४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
विद्यालयका बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई कापी र कलम सहयोग गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर नेपालीको अध्यक्षता तथा तुलसीपुर–३ का वडा अध्यक्ष बिजय बिकको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो ।
शैक्षिक सामग्रीको अभावमा कुनै पनि विद्यार्थी पढाईबाट बञ्चिन नहोउन् भन्ने उद्देश्यका साथ विद्यालय अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको अभियान्ता पौडेलले बताउनुभयो । तुलसीपुुरका प्रतिष्ठित व्यवसायी दिलिप केसी, पुनाराम आचार्य, शंकर चौधरी, धर्मराज दाहाल, समाजसेवी बावुराम बराल उपाध्याय लगायतका दाताको आर्थिक सहयोगमा शैक्षिक सामाग्री सहयोग गरिएको हो । लगायतका आर्थिक सहयोगमा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक टेक बहादुर विकले शैक्षिक सामाग्री सहयोग गर्ने दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कापी र कलमको सहयोगले विद्यार्थीको शैक्षिक सुधारमा थप टेवा पुग्ने बताउनुभयो । विद्यालयका शिक्षक मन बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सुशिल गिरीले गर्नुभएको हो ।






















