२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा एक थान कटुवा पेस्तोल बरामद


दाङ । दाङको तुलसीपुरमा प्रहरीले एक थान कटुवा पेस्तोल बरामद भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ ग्वारखोलाको बगरमा प्रहरीले एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

ग्वारखोलाको बगरमा ढुङगा, बालुवाले पुरिएको अवस्थामा पेस्तोल जस्तो वस्तु छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास गर्दा कटुवा पेस्तोल बरामद गरेको हो ।

बरामद गरिएको पेस्तोल करिब १० इन्च लम्बाइको रहेको छ । त्यसमा ४ इन्च काठको ग्रिप भागको लम्बाई भएको र पूरा लम्बाइ करिब १ फिट २ इन्च रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस