२०८२ चैत्र १ गते आइतवार

ज्ञान ज्योति सामुदायिक वनमा वृक्षारोपण

दाङ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका–८, सौरीस्थित ज्ञान ज्योति सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । करिब २०० जना स्थानीय उपभोक्ताको सहभागितामा १००० वटा अमला, टिक, मसला र खयर प्रजातिका बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय घोराहीले उपलब्ध गराएको बिरुवा ग्रिन फाउण्डेशन नेपाल, स्थानीय वन महासंघ घोराही र डिभिजन वन कार्यालय घोराहीले संयुक्तरुपमा रोपिएको हो ।

सामुदायिक वनका अध्यक्ष बालगोबिन्द चौधरीको अध्यक्षता एवम् स्थानीय वन महासंघ घोराहीका अध्यक्ष शोभाराम चौधरी प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत अर्विन पौडेल, दाङका कार्यक्रम संयोजक दिपक परियार , गाउँ मतवा दुर्गा चौधरी, शिर प्रसाद चौधरी लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शोभाराम चौधरीले वन क्षेत्रको दिगोपनाका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न र समुदायमा हरियालीको महत्व बुझाउन मद्दत गरेको बताउनुभयो ।

कार्यक्रम ग्रिन फाउण्डेशन नेपालका बजार व्यवस्थापक ओद बहादुर भण्डारी (गणेश) ले सहजिकरण गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस