२०८२ फाल्गुन २६ गते मङ्गलवार

काजक्रिया भइसकेका तुलसीपुरका एक व्यक्ति घर आएपछि….


दाङ । काजक्रिया भइसकेका तुलसीपुरका एक व्यक्ति घर आएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ गोलौराका ४६ बर्षीय शंकर भण्डारी भारत गएको समयमा वेपत्ता भएपछि घरपरिवारले काजक्रिया गरिसकेका थिए ।

घरबाट नेपालगञ्ज जाँदासम्म सम्पर्कमै रहेपनि भारत गइसकेपछि दुई महिनासम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्दा उनी जस्तै अनुहारका व्यक्ति दुर्घटनामा परि मृत्यु भएको भनि जानकारी आयो । त्यसपछि उनलाई ल्याउन शंकरका दाईका छोरा कृष्ण भण्डारी भारत गएका थिए ।

भारत गएपछि उनकै जस्तो अनुहारको ब्यक्तीको अस्पतालमा मृत्यु भएको थियो । तीनै ब्यक्ती नै शंकर भएको भन्दै घरमा ल्याएर दाहसंस्कार गरिएको थियो । २७ साउनमा शवलाई तुलसीपुर ल्याईएको हो ।

तर, काजकिरिया सकिएको केही महिनामै सम्बन्धित व्यक्ती नै सम्पर्कमा आए । सोमबार मात्रै शंकरले आफू अमिलिया पुगेको भनि श्रीमतिलाई फोन गरेपछि परिवारलाई विश्वास नै लागेको थिएन ।

मृत्यु भइसकेको भनिएको र काजकिरिया नै गरिसकेको व्यक्ति जिउदै भएको भनि स्वयंले फोन गर्दा घर परिवार अच्चमित भएका थिए ।

आफू घर आउदै गरेको, अमिलिया आएको भनेपछि अचम्मित परेको श्रीमति देविका भण्डारीले बताउनुभयो । मरिसकेको र किरिया गरेको व्यक्ति त अर्कै रहेको खुल्नमा आएको उहाँले बताउनुभयो ।

शंकर अहिले तुलसीपुर ६ रजौरा स्थित आफन्तीको घरमा बसेका छन् । एक पटक काजकिरिया गरिसकेको ब्यक्तीको पुनः न्वारान र पुनः विहे गरेपछि मात्रै घर जानुपर्ने धार्मिक मान्यता रहेको छ ।

सोही अनुसार पुनः विहे गरेर मात्रै घर जाने भनेर आफन्तीको घरमा बसेको शंकरले बताउनुभयो । उनी घर आउँदा आफ्नो काजकिरिया गरेको भन्ने पनि थाहा थिएन । अमिलिया आएर श्रीमतिलाई फोन गरेपछि मात्रै थाहा भएको शंकरको भनाई छ ।

आफूसंग पैसा नभएकाले सीम किन्न सक्ने अवस्था नभएको र त्यसले गर्दा पनि घर परिवारसंग सम्पर्कमा आउन नसकेको शंकरले बताउनुभयो । उहाँका एक छोरा र छोरी छन् । भण्डारी तीन बर्ष अघि शसस्त्र प्रहरीबाट निवृत्त हुनुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस