२०८२ चैत्र ३ गते मङ्गलवार

सल्यानको शारदा नगरपालिकाले संचालनमा ल्यायो नगरबस


सल्यान। सल्यानमा पहिलोपटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकामस्थित शारदा नगरपालिकाले जिल्लामा पहिलोपटक नगरबस सञ्चालनमा ल्याएको हो । शुक्रबार श्रीनगरस्थित बसपार्कमा मेयर प्रकाश भण्डारीले नगरबसको सेवा शुभारम्भ गर्नुभएको हो ।

बडादसैँमा पूजाआजा गर्न खैरावाङ भगवती मन्दिरसम्म पुग्न भक्तजनलाई लक्षित गरी शुक्रबारबाट श्रीनगरदेखि खैरावाङसम्म नगरबस सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रवक्ता राजेशकुमार शर्माले बताउनुभयो ।

मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैरावाङ नगरबस सञ्चालनमा आएको शर्माको भनाइ छ । पहिलो चरणमा दसैँपश्चात् श्रीनगरदेखि सदरमुकाम खलंगा नगरबस सञ्चालन गरिने मेयर प्रकाश भण्डारीले बताउनुभयो । बडादसैँ अवधिभर श्रीनगरदेखि खैरावाङ मन्दिरसम्मको भाडा ५० रुपैँया निर्धारण गरिएको छ ।

दसैँमा मन्दिरसम्म पुग्न महँगोमा अन्य सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यतामा नगरपालिकाले सस्तो दरमा नै मन्दिरसम्म पुग्न बस सञ्चालन गरेकोमा निकै खुसी लागेको सिद्ध कुमाख गाउँपालिकाकी दुर्गा बुढाथोकीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस