२०८३ जेष्ठ २८ गते बिहिवार

दाङ २ मा रास्वपाका विपिन आचार्यको अग्रता


दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन कुमार आचार्यले अग्रता कायम गर्नुभएको छ ।

यो समाचार तयार पार्दासम्म रास्वपाका आचार्यले २ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको छ । आचार्यका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका शंकर पोख्रेलले ५ सय ९४ मत प्राप्त गर्नुभएको छ । आचार्य पोख्रेल भन्दा १ हजार ८४९ मतले अग्रता लिनुभएको छ।

यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३ सय ९० मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २ सय १८ मत, राप्रपाका ऋषि केश पोख्रेलले २६ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म ३ हजार ९ सय १५ मत गणना भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो । दाङ क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६५ कुल मतदाता रहेकोमा ८२ हजार ६२६ मत खसेको थियो । जसमा ३६ हजार ११९ जना पुरुष र ४५ हजार ५०७ जना महिला मतदाताले मतदान गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस