दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । १४ हजार ८ सय ७१ मतणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकको अग्रता कायमै छ ।
रास्वपाका पाठककले ८ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ । पाठकका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ६ सय ४० मत प्राप्त गर्नुभएको छ । पाठक चौधरी भन्दा ६ हजार २ सय ९३ मतले अग्रता लिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका रेवतीरमण शर्मा घिमिरेले ९ सय २६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ९ सय ९२, राप्रपाका विनय विसीले १ सय ६३, नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रकाश शाहीले ८६, जनमोर्चाका गणेश प्रसाद आचार्यले १ सय ४, जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरीले ३०, मंगोल नेशनल अर्गनाइजेशनका खुम बहादुर गाहामगरले ११ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरीले ४, नेशनल रिपब्लिक नेपालका मिन बहादुर ठेडी मगरले २६, आम जनता पार्टीका सिताराम यादवले ८, स्वतन्त्र उम्मेदवार कुल प्रसाद केसीले १ सय ४२ र स्वतन्त्र उम्मेदवार मालिकराम यादवले १ सय ८७ मत प्राप्त गर्नुभएको छ ।
१४ हजार ८ सय ७१ मतणना हुँदा ६ सय १९ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।
दाङ क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ कुल मतदाता रहेकोमा ८० हजार ९२० मत खसेको थियो । जसमा ३७ हजार ६१४ जना पुरुष र ४३ हजार ३०५ जना महिला मतदाताले मतदान गरेका थिए ।















