२०८३ बैशाख १३ गते आइतवार

दाङ ३ मा मतगणना जारी, रास्वपाका सुवेदी ४ हजार बढी मतान्तरले अगाडी


दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । क्षेत्र नम्बर ३ मा १३ हजार ३ सय ५५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ ।

रास्वपाका कमल सुवेदीले ७ हजार ७४ मत प्राप्त गर्नुभएको छ । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले २ हजार ४ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

सुवेदी र गिरीको मतान्तर ४ हजार ६ सय ९ रहेको छ । यस्तै एमालेका घनश्याम पाण्डेले १ हजार ८ सय ४३, नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले १ हजार ९९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका दामोदर भण्डारीले १ सय २७, नेकपा माओवादीका बल बहादुर ओलीले ३८, जनमोर्चाका कमला जीसीले १२, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले ३७ मत प्राप्त गर्नुभएको छ ।

१३ हजार ३ सय ५५ मत गणना हुँदा ५ सय ३७ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

दाङ क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० कुल मतदाता रहेकोमा ८८ हजार २७३ मत खसेको थियो । जसमा ३८ हजार ६६१ जना पुरुष र ४९ हजार ६१२ जना महिला मतदाताले मतदान गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस