दाङ ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पाटीका उमेदवार कमल सुवेदीले मतान्तर फराकिलो बनाउनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको शनिबार बिहान ८ बजेसम्मको विवरण अनुसार सुवेदी निकटतम प्रतिष्पर्धि नेपाली कांग्रेसका दिपक गिरीभन्दा १७ हजार ५४२ मतले अघि रहनुभएको छ ।
सुवेदीले २४ हजार ४४८ मत ल्याउँदा कांग्रेसका गिरीले ६ हजार ९०६ मत ल्याउनुभएको छ । तेस्रोमा नेकपा एमालेका घनश्याम पाण्डेले ५ हजार २६३ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिष्ट पाटीका धनबहादुर मास्कीले ३ हजार ४४१ मत ल्याउनुभएको छ ।
क्षेत्र नम्बर ३ मा ८८ हजार २ सय ७३ मत खसेकोमा अहिलेसम्म ४३ हजार २६३ मत गणना भएको छ । क्षेत्र नम्बर ३ मा अझै ४५ हजार मत गणना हुन बाँकी छ ।















