दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । क्षेत्र नम्बर ३ मा ५९ हजार ५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतान्तरले अगाडी रहेको छ ।
रास्वपाका कमल सुवेदीले ३१ हजार ४ सय ३२ मत प्राप्त गर्नुभएको छ । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले ९ हजार ५ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
सुवेदी र गिरीको मतान्तर २१ हजार ८ सय ७७ रहेको छ । यस्तै एमालेका घनश्याम पाण्डेले ८ हजार २ सय ६६, नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले ५ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका दामोदर भण्डारीले ७ सय ७९, नेकपा माओवादीका बल बहादुर ओलीले २ सय ५८, जनमोर्चाका कमला जीसीले १ सय ५१, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले १ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
५९ हजार ५ मत गणना हुँदा २ हजार ४ सय ९८ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।
दाङ क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० कुल मतदाता रहेकोमा ८८ हजार २७३ मत खसेको थियो । जसमा ३८ हजार ६६१ जना पुरुष र ४९ हजार ६१२ जना महिला मतदाताले मतदान गरेका थिए ।















