दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ ।
६८ हजार ६ सय ६५ मत गणना हुँदा रास्वपाका विपिन कुमार आचार्यले ३५ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएको छ । आचार्यका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका शंकर पोख्रेलले १२ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएको छ । आचार्य पोख्रेल भन्दा २२ हजार ७ सय १५ मतले अगाडी हुनुहुन्छ ।
यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ९ हजार ९ सय ३० मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ६ हजार ४२ मत, राप्रपाका ऋषि केश पोख्रेलले ६ सय ४३ मत प्राप्त गर्नुभएको छ ।
दाङ क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६५ कुल मतदाता रहेकोमा ८२ हजार ६२६ मत खसेको थियो । जसमा ३६ हजार ११९ जना पुरुष र ४५ हजार ५०७ जना महिला मतदाताले मतदान गरेका थिए ।















