२०८३ बैशाख १३ गते आइतवार

दाङ १ मा रास्वपाका पाठक १४ हजार बढी मतान्तरले अगाडी


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ४८ हजार ६ सय ९ मतणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकको अग्रता कायमै छ ।
रास्वपाका पाठककले २५ हजार २ सय ९३ मत प्राप्त गर्नुभएको छ । पाठकका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १० हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ । पाठक चौधरी भन्दा १४ हजार ९ सय १४ मतले अग्रता लिनुभएको छ । एमालेका रेवतीरमण शर्मा घिमिरेले १ हजार सय ३९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ३ हजार ५ सय २७, राप्रपाका विनय विसीले ८ सय ५९, नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रकाश शाहीले ४ सय ५७, जनमोर्चाका गणेश प्रसाद आचार्यले ५ सय, जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरीले ६९, मंगोल नेशनल अर्गनाइजेशनका खुम बहादुर गाहामगरले ४७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरीले ११, नेशनल रिपब्लिक नेपालका मिन बहादुर ठेडी मगरले ८३, आम जनता पार्टीका सिताराम यादवले ३२, स्वतन्त्र उम्मेदवार कुल प्रसाद केसीले ७ सय २३ र स्वतन्त्र उम्मेदवार मालिकराम यादवले ६ सय २८ मत प्राप्त गर्नुभएको छ ।

दाङ क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ कुल मतदाता रहेकोमा ८० हजार ९२० मत खसेको थियो । जसमा ३७ हजार ६१४ जना पुरुष र ४३ हजार ३०५ जना महिला मतदाताले मतदान गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस