२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङ–३ मा रास्वपाका सुवेदी २४ हजार बढी मतान्तरले अगाडी


दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । क्षेत्र नम्बर ३ मा ७४ हजार ३ सय ९२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतान्तरले अगाडी रहेको छ ।

रास्वपाका कमल सुवेदीले ३७ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएको छ । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले १२ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

सुवेदी र गिरीको मतान्तर २४ हजार ८ सय ७९ रहेको छ । यस्तै एमालेका घनश्याम पाण्डेले १० हजार ५ सय ४६, नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले ७ हजार ७ सय ७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका दामोदर भण्डारीले ९ सय। नेकपा माओवादीका बल बहादुर ओलीले ३ सय ६२, जनमोर्चाका कमला जीसीले १ सय ६०, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले १ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

७४ हजार ३ सय ९२ मत गणना हुँदा ३ हजार १ सय ८२ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

दाङ क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० कुल मतदाता रहेकोमा ८८ हजार २७३ मत खसेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस