
दाङ, १६ चैत । तुलसीपुरमा खाना पाकाउने क्रममा आगोले जलेर एक महिला घाइते भएकि छन् आज(शनिबार) बिहान तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँका ६० वर्षीया गोमा वली आफ्नै घरमा खाना पकाउने क्रममा आगोले जलेर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक रानाका अनुसार खाना पकाउने क्रममा ओलीले शरीरमा लगाएको कपडामा आगो सल्किएको थियो । आगोले कम्मर, पेट लगाएतको भागमा जलन रहेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ओलीलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।