२०८३ जेष्ठ २० गते बुधवार

विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री सहयोग


दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले विपन्न बालबालिकाको पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्रि सहयोग अभियानलाई तिब्रता दिएको छ । अस्पतालले ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालिकालाई झोला, कापी, कलम लगायतक शैक्षिक सामग्रि सहयोग अभियान तिब्र पारेको हो ।

अस्पतलालले तुलसीपुर उपमहागनरपालिका–७ श्रीगैंमा रहेको श्री प्राथमिक विद्यालय श्रीगैंका २५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको हो । अस्पतालले विद्यार्थीलाई झोला, कापी, पेन्सिल लगाएतका शैक्षिक सामाग्री सहयोग गरेको छ ।

विद्यालय प्रधानाध्यापक मुना कुमारी पौडेलको अध्यक्षता तथा तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जीसीको प्रमुख आतिथ्यता तथा राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालको विशिष्ट आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो ।

प्रमुख अतिथी वडा अध्यक्ष जिसीले अस्पतालले बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अस्पतालले विगतका वर्षहरु देखि नै वडावासीलाई उपचार सेवामा विशेष छुटसहित सेवा दिदै आएकोमा अस्पताल परिवारप्रति आभार प्रकट गर्नुभएको छ ।

यस्तै अस्पतालका अध्यक्ष रिजालले आर्थिक अभावका कारण कुनै पनि बालबालिका पढाईबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ अस्पतालले विभिन्न विद्यालयमा पुगेर शैक्षिक सामग्रि सहयोग गरिरहेको बताउनुभयो । उहाँले अस्पतालले स्वास्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको बताउनुभयो ।

प्रधानाध्यापक पौडेलले बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शैक्षिक सामग्रि सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस