दाङ । दाङमा चार दिनको अवधिमा आठ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरुलाइ दाङ प्रहरीले पक्राउ गरेको हो ।
जेठ १६ गतेदेखि १६ गते सम्म चार दिनको अवधिमा विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूबाट १० हजार १०० रुपैयाँ जरिवाना असुल गरिएको छ । उनिहरुलाई एक वर्ष एक महिना कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उनिहरुलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पठाइएको प्रहरीले जनाएको छ ।


















