
दाङ, २० बैशाख । दाङको पश्चिम क्षेत्रमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
हापुरेदेखि अस्वारा हुँदै तुलसीपुरसम्मको ३३ केभि लाइन अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका सम्पूर्ण स्थान र दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका केहि स्थानमा विद्यतु सेवा पूर्णरुपमा विद्यतु अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अगाडी पनि विद्युत सूचारु हुनेछ ।