२०८३ साउन १२ गते मङ्गलवार

राप्ती परोपकार संघद्वारा असहाय आमालाई ह्वीलचेयर वितरण

दाङ । राप्ती परोपकार संघ नेपालले सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै शान्तिनगर गाउँपालिका–७ निवासी अशक्त जगमस्या चौधरीलाई व्हीलचेयर वितरण गरेको छ।

संस्थाका संरक्षक आदरणीय सुरेश हमालको विशेष उपस्थिति तथा संस्थाका अध्यक्ष सञ्जय पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोरख बहादुर ओली, कोषाध्यक्ष क्षेत्र बहादुर भण्डारी, शान्तिनगर गाउँपालिका–७ का वडा अध्यक्ष तारा बहादुर ओली तथा शिक्षक खुमान्द पौडेलको विशेष सहकार्य रहेको थियो।

कार्यक्रममा संरक्षक सुरेश हमालले मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको उल्लेख गर्दै समाजका असहाय, ज्येष्ठ नागरिक तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगमा राप्ती परोपकार संघ नेपाल निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबैलाई मानवीय सेवाका कार्यमा हातेमालो गर्न आग्रह समेत गर्नुभयो।

व्हीलचेयर प्राप्त गरेपछि आमा जगमस्या चौधरीले अत्यन्तै खुसी व्यक्त गर्दै राप्ती परोपकार संघ नेपालका सम्पूर्ण पदाधिकारी, सहयोगी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले व्हीलचेयर प्राप्त भएपछि आफ्नो दैनिक आवतजावत र जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

राप्ती परोपकार संघ नेपालले यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने जनाउनु भएको छ । कार्यक्रमको सहजिकरण संस्थाका कार्यक्रम संयोजक गणेश भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस