
ऐजेन्सी–भारतले अपरेशन सिन्धूर अन्तर्गत पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानहरूमा मिसाइल आक्रमण गरेको छ ।
यो कारबाही २२ अप्रिलमा भारतीय–नियन्त्रित काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोधमा गरिएको हो, जसमा २८ जना नागरिकको मृत्यु भएको थियो ।
भारतीय अधिकारीहरूका अनुसार, आक्रमणहरू पाकिस्तानमा रहेका आतंकवादी संरचनाहरूलाई लक्षित गरी गरिएको थियो । पाकिस्तानले यी आक्रमणहरूलाई ‘युद्धको कार्य’ भन्दै कडा विरोध जनाएको छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार, आक्रमणमा कम्तीमा नौ जना नागरिकको मृत्यु भएको छ । जसमा एक बालक पनि छन्, र ३५ जना घाइते भएका छन् । पाकिस्तानी वायु सेनाले तीनवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।