दाङ। दाङको तुलसीपुरमा मदन भण्डारी स्मृति फूटसल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल तुलसीपुर– ५ ले आगामी जेठ १६ र १७ गते लेजेन फूटसल मैदानमा प्रतियोगिता संचालन गर्ने भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, दोस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले प्रति टिम ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।
आयोजकले खेलप्रेमीहरूलाई प्रतियोगिता अवलोकन गर्न र सहभागी बन्न आह्वान गरेको छ । प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९८०६२८३५३० नम्बरमा सम्पर्क गर्न सकिने संयोजक पारस मल्ल ठकुरीले जानकारी दिनुभयो ।















