२०८२ असार ६ गते शुक्रवार

नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा

दाङ । यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।

यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाउनुभयो ।

यसअघि थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यूएईकी कप्तान इशा वजाले सर्वाधिक ३९ रन बनाउनुभयो । नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिनुभयो ।

नेपाल एशिया छनोटमा समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–३’ मा पुगेको थियो । यस्तै समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता यूएई पनि सुपर–३ मा पुगेका थिए । थाइल्यान्ड यसअघि नै ग्लोबल छनोटमा पुगिसकेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस