२०८२ मङ्सिर ३ गते बुधवार

दाङमा १५ औ दाङ जिल्ल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगियता हुने


दाङ । दाङमा १५ औ दाङ जिल्ल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगियता हुने भएको छ । यहि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर दाङको बेल्झुण्डी रंगशालामा प्रतियोगिता हुने भएको हो ।

दाङ जिल्ला खेलकुद विकास समिति कार्यालयको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको संयोजनमा दाङ जिल्ल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगियता हुने दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारले जानकारी दिनुभयो ।

प्रतियोगितामा विभिन्न ६ वटा विधाका खेलहरु हुने कार्यालय प्रमुख परियारले बताउनु्‌भयो । जसमा तेक्वान्दो, कराते, उसु, भलिवल, एथ्लेटिक्स र कबड्डी प्रतियोगिता हुने भएको छ ।

दाङका १० वटै पालिकाका खेलाडिहरुले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउन्‌ुभयो । खेलाडिहरुको फाराम र नामावली जेठ ७ गते भित्र पठाइसक्ुुन पर्ने र सम्पूर्ण पालिकाहरुले टिम दर्ता १३ गते भित्र गरिसक्नुपर्ने आयोजकले छ । यस्तै प्रतियोगिताको लागि मुल आयोजक समिति र उपसमिति गठन गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस