तुलसीपुर । तुलसीपुरमा स्थानीय तहसंगको समन्वयमा स्ट्रिट फुड सम्बन्धि अभिवृद्धि कार्यक्रम भएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले हरेक मानिसले आफ्नो ठाउँबाट राम्रो काम गरेमा बजार आफै ब्यबस्थित हुने बताउनुभयो
उहाँले बजार गर्दा ब्यापारी आफै सचेत नभएका कारण उनिहरुको नै नोक्सान हुने बताउनुभयो । ब्याबसायीले लेबलिङ, प्याकिङ, डेट लगायत कुरालाई ध्यानमा राखेर काम गरेमा धेरै खाद्य बस्तुहरु बिग्रिएर नष्ट गर्नुपर्ने अवस्थाको अन्तय हुने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुदर्शन गोसाईले व्यवस्थित तरिकाले काम गर्नाले जरीवानाबाट बच्न सकिने बताउनुभयो ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरको सहकार्यमा कार्यक्रम भएको हो । उपभोक्ता हित सरक्षण शाखा प्रमुख रेखा शर्माको अध्यक्षता एवं उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ॥















