२०८२ असार २४ गते मङ्गलवार

इजरायलबाट फर्कन चाहने ८ सयबढी नेपालीको विवरण सङ्कलन

दाङ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जानकारी दिनुभएको छ । प्रतिनीधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो ।

सरकारले इजरायल–इरानबिच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरू गरेको थियो । उहाँले इजरायल–इरानबिच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताउनुभयो ।

सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ । उहाँले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताउनुभयो । उहाँले हालसम्म भारतमा बन्दी बनाइएका ५७ जना नेपालीहरुको उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जुन १७ अनलाई पोर्टलमार्फत नेपाली नागरिकहरुको विवरण लिन सुरु गरिएको हो । उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गरेका छन् । उहाँले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस