२०८२ फाल्गुन २९ गते शुक्रवार

कमैया मुक्ति घोषणाको २५ वर्ष : अझै पुनर्स्थापनाको प्रतीक्षामा कमैयाहरु

दाङ । कमैया मुक्ति घोषणा भएको २५ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । तर कतिपय मुक्त कमैयाहरु अझै पनि पुनर्स्थापनाको पर्खाइमा छन् ।

जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।

तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो । सरकाले छुट कमैयालाई परिचयपत्र नदिँदा अहिले राज्यबाट पाउने कुनै सेवा सुविधा पाउन नसकेको कमैयाहरुको गुनासो छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैयाहरु आर्थिक, समाजिक र राजनीतिकरुपमा पछि पर्दै आएको अधिकारकर्मीहरुले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस