२०८३ साउन १६ गते शनिवार

अति आवश्यक परेकाहरुले भोलि तुलसीपुरमा ग्याँस किन्न पाउने


दाङ। खाना पकाउने ग्याँसको अभाव भइरहेका बेला तुलसीपुरमा भोलि आइतबार अति आवश्यक परेकाहरूका लागि ग्याँस बिक्री–वितरण गरिने भएको छ।

नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिनोद बस्नेतका अनुसार ग्याँस अभावको मारमा परेका विद्यार्थी, श्रमिक, र कर्मचारी लगायत सर्वसाधारणलाई लक्षित गरी तुलसीपुरका विभिन्न ९ वटा ग्याँस पसलबाट सिलिन्डर बिक्री गर्न लागिएको हो।

भोलि बिहान १० बजेदेखि बिक्री वितरण सुरु हुने र तुलसीपुरमा कुल १ हजार ५ सय १० वटा ग्याँस सिलिन्डर उपलब्ध गराइने निगम प्रमुख बस्नेतले जानकारी दिनुभयो।

ग्याँस बिक्रीका लागि तुलसीपुरस्थित चित्रालेखि ट्रेडर्स, भ्यालि किचन निड्स सपिङ सेन्टर, डायनामिक ट्रेड कन्सर्न, न्यू भण्डारी सप्लायर्स, किरण एण्ड सुन्दर सप्लायर्स, पवन ट्रेडर्स एण्ड सप्लायर्स, शुभकामना ट्रेडर्स, श्रीकृष्ण भेराइटिज र न्यू राप्ती ग्याँस सप्लायर्स तोकिएका छन्।

निगम प्रमुख बस्नेतले अनावश्यक मौज्दात नराख्न र अत्यावश्यक परेकाहरूले मात्र ग्याँस खरिद गर्न आग्रह गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस