२०८२ मङ्सिर २७ गते शनिवार

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक

दाङ, श्रीलङ्काको कोलम्बोमा हुने १७ वर्षमुनिको साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ । बङ्गलादेशको ढाकामा हिजो सार्वजनिक भएको ‘ड्र’मा समूह ‘ए’ मा तीन र समूह ‘बी’ मा चार वटा टोली परेका छन् ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलङ्का र बङ्कलादेश रहेका छन् । भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र माल्दिभ्स परेका छन् ।

भारतमा गएको संस्करणको विजेता टोली हो । प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलङ्कामा हुनेछ । साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ‘ड्र’ ढाकामा सम्पन्न भएको हो । उपाधिका लागि दक्षिण एशियाका सात टोलीबीच खेल हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस